गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ जाँदै

गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ जाँदै

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ आज जाने भएका छन् । कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि राहत वितरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ जाने भएका हुन् ।

बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ ।

गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्‍याएको थियो ।

Skip This
Skip This
Logo