नायीका गौरी मल्लको ‘धिन ताका नाका धिन’ सार्वजनिक

नायीका गौरी मल्लको ‘धिन ताका नाका धिन’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नायीका गौरी मल्लको ‘धिन ताका नाका धिन’ नामक तीज गीत सार्वजनिक सार्वजनिक भएको छ। काठमाडौँमा एक विशेष कार्यक्रमका बीच नायीका मल्लकै स्वर शब्द र संगीतमा रहेको सो तीज गीत सार्वजनिक गरिएको हो। 

नायीका मल्ल, मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। सो म्युजिक भिडियो नायीका मल्लकै, गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको हो।

सो म्युजिक भिडियोको निर्देशन भने सन्तोष राजबहाकले गरेका हुन्। एल्वम सार्वजनिक कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, बसुन्धरा भुसाललगायतका सिने क्षेत्रका चर्चित कलाकार उपस्थित थिए। उनीहरुले गीतको सफलताको कामना व्यक्त गरेका छन्। 

Logo