भारतीय फिल्म उद्योगमा मित्रता र झगडा सामान्य छ। यस्ता धेरै कथा छन्,जसमा स्टारहरुबीच झगडा र गहिरो मित्रता देख्न सकिन्छ।
यस्तै एउटा कथा फिल्म उद्योगका दुई दिग्गज अभिनेत्री ऐश्वर्या राय बच्चन र मनिषा कोइरालासँग सम्बन्धित छ। वास्तवमा एक पुरुषसँगको प्रेम सम्बन्धलाई लिएर यी दुवै अभिनेत्रीबीच झगडा भएको थियो। के छ पुरा कथा, आज हामी तपाईलाई बताउनेछौँ।
बलिउडकी सुन्दर अभिनेत्री मध्येकी एक ऐश्वर्या पनि आफ्नो प्रेमका कारण चर्चामा आइरहेकी हुन्थिन्। यद्यपि अहिले उनी लामो समयदेखि अभिषेक बच्चनसँग सुखी दाम्पत्य जीवन बिताइरहेका छन्। तर यसअघि उनको नाम सलमान खानदेखि विवेक ओबेरोयसँग जोडिएको थियो र दुवैको अफेयर पनि धेरै विवादमा परेको थियो।
समाचार अनुसार सलमान र विवेक भन्दा पहिले पनि ऐश्वर्या आफ्नो करिअरको शुरुवाती दिनहरूमा अर्का एक पुरुषसँग प्रेम सम्बन्धमा थिए। रिपोर्टका अनुसार ऐश्वर्याले एक पटक तत्कालीन चर्चित मोडल राजीव मूलचन्दानीसँग डेट गरिसकेकी थिइन्। चलचित्र अभिनेत्री मनिषा कोइरालाले आफ्नो एक अन्तर्वार्तामा यो खुलासा गरेकी हुन्।
वास्तवमा मनिषा कोइरालासँग राजीव मूलचन्दनीको पनि अफेयर थियो र मनिषाले यो सम्बन्धलाई खुलेर स्विकारेकी छिन्। तर ऐश्वर्याले राजीवसँगको आफ्नो सम्बन्धलाई कहिल्यै स्विकारेकी थिइनन् र राजीवसँगको आफ्नो सम्बन्धको खबरलाई सधैँ अस्वीकार गरिरहेकी छिन्। यस विषयमा ऐश्वर्या र मनिषाबीच चर्को बहस पनि भएको थियो।
एक अन्तर्वार्तामा मनिषा कोइरालाले ऐश्वर्याको तुलनामा राजीवले आफूलाई रोजेको बताएकी थिइन्। त्यसपछि ऐश्वर्याले कडा जवाफ दिँदै आफू राजीवसँग कहिल्यै सम्बन्धमा नभएको बताइन्। तिनीहरू केवल असल साथीहरू थिए, त्यो भन्दा बढि केहि छैन। उनले मनिषाको बारेमा पनि भनिन कि उनी हरेक दोस्रो महिना फरक केटासँग डेट गरिरहेकी छिन्।
मनिषाको कुराको जवाफ दिँदै ऐश्वर्याले भनिन्,‘यो सुनेपछि मैले सिधैं राजीवलाई फोन गरे र सोधें यो के बकवास भइरहेको छ?’ वास्तवमा सन् १९९४ मा एक पत्रिकाले राजीव र ऐश्वर्याको अफेयरको समाचार छापेको थियो।
यी सबैको बारेमा मनिषा कोइरालाले भनिन्,‘जब राजीव र म रिलेसनसिपमा थियौँ, राजीवले उनलाई लेखेका प्रेमपत्रहरू देखेको थिए। उसलाई देखेपछि म स्तब्ध भएँ र मेरो लागि यो भन्दा नराम्रो अरू केही हुन सक्दैनथ्यो।’





























प्रतिक्रिया