आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारकाे तुलनामा बुधबार सुनको मूल्यमा गिरावट आएको हो।

मंगलबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार घटेर १ लाख १२ हजार ४ सय रुपैयाँमा  काराेवार भइरहेकाे छ। 

मंगलबार १ लाख १२ हजार १ सय ५० रुपैयाँमा काराेवार भएकाे तेजावी सुन आज १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ  प्रतितोला १५ रुपैयाँले घटेको छ।मंगलबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ३० रुपैयाँमा काराेवार भइरहेकाे छ।

Logo