यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने उद्देश्यका साथ ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ ।
यामाहा नेपालले इतिहासमै पहिलोपटक दश जना राइडरहरूलाई आठ दिने मोटरसाइकल राइडको घोषणा गरेको हो । भारतमा पहिलोपटक आयोजना हुन लागेकाे मोटो जीपी २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ ।
मोटो जीपी हेर्न यामाहा नेपालले राइडरहरूलाई काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडा लैजानेछ । २०२३ को २० सेप्टेम्बरदेखि ब्लू स्क्वायर, नक्सालबाट सुरु भएर मोटो जीपीको प्रत्यक्ष अनुभव गरी त्यहाँबाट पुनः काठमाडाैं फर्केर यो यात्रा सम्पन्न हुनेछ ।
छानिएका यामाहा राइडरहरूले मोटो जीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन्।
छानिएका यामाहा राइडरहरूले मोटो जीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन्।
यामाहाले नेपाली समुदायका बिचमा रेसिङको भावनालाई जगाउने काम गरेको गरिरहेको छ । यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटो जीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन गर्दै ‘राइड टु मोटो जीपी’को इभेन्ट तयार गरिएको हो । यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइटको सिर्जना गरेको छ, जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन्।
यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटो जीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन गर्दै ‘राइड टु मोटो जीपी’को इभेन्ट तयार गरिएको हो ।
पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९, २०२३ सम्म रहनेछ । दर्तापछि यामाहाले अर्को राउन्डको छनाैट प्रकृया अघि बढाउनेछ। यामाहाले दशजना राइडरहरूको छनोट गर्नेछ । छनोट भएकाहरूले केही नियम र सर्तहरू पनि पालना गर्नुपर्नेछ।





























प्रतिक्रिया