सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ जारी, इजलासमा गौशाला २६ पनि उपस्थित

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ जारी, इजलासमा गौशाला २६ पनि उपस्थित

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ जारी छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासमा मुद्दाकाे सुनुवाइ भइरहेको हो ।  फैसला बहस सुन्न प्रतिवादी सन्दीप लामिछाने र जाहेरीकर्ता गौशाला २६ पनि इजलासमै उपस्थित रहेको बताइएको छ ।  

तर, अन्तिम सुनुवाइ हुने भएकाले धेरै अधिवक्ताहरूको वकालत नाम परेको कारण बिहीबार सुनुवाइ सकिने सम्भावना न्यून छ । बिहीबार सुनुवाइ नसकिएमा हेर्दाहेर्दैमा राखेर उक्त मुद्दा शुक्रवार सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले फागुन १५ गते उनको मुद्दा फास्ट ट्र्याकमा टुंगो लगाउन आदेश दिएको थियो । तर, जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुन सकेको छैन । यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो । त्यसपछि भदौ २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए । 

Logo