डाक्टर प्रसाईँको गीत ‘पिता’ सार्वजनिक

डाक्टर प्रसाईँको गीत ‘पिता’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

रचना रिमालको आवाजमा ‘पिता’ बोलको गीत सार्वजनिक भएको छ । डाक्टर ओम कृष्ण प्रसाईँको शब्द र राज्य राईको संगीतमा तयार भएको गीत बुबाको मुख हेर्न दिनको सन्दर्भ पारेर सार्वजनिक गरिएको हो ।  

काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ संगीतकार सुरेश अधिकारी, चेतन सापकोटालगायतले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा संगीतकार अधिकारीले बुबाको विषयमा गीत लेख्न र न्याय गर्न कठिन भएपनि त्यसलाई न्याय गर्न गीतकार र संगीतकार सफल भएको बताए । 

गीतकार, डाक्टर प्रसाईँले आफूले बुबाको योगदानको सम्मानका लागि आफूले सानो प्रयास गरेको बताए । 

राज्य राईले नै निर्देशन गरेको यो म्युजिक भिडियोमा अनु आचार्य, तारा पाठक, धनपति प्रसाईँलगायत फिचर्ड छन् ।  

Skip This
Skip This
Logo