आइसिसी महिला टी-२०: नेपालको विश्वकप छनोट खेल्ने सपना अधुरै, थाइल्याण्डसँग पराजित

आइसिसी महिला टी-२०: नेपालको विश्वकप छनोट खेल्ने सपना अधुरै, थाइल्याण्डसँग पराजित

केन्द्रबिन्दु
0
Shares

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा पराजित भएको छ। शुक्रबार मलेसियामा भएको छनोटको सेमिफाइनलमा नेपाललाई थाइल्यान्डले ४६ रनले पराजित गरेको हो। 

यससँगै नेपालको विश्व छनोट खेल्ने लक्ष्य समाप्त भएको छ। नेपाललाई पराजित गरेसँगै थाइल्यान्ड भने विश्व छनोटमा पुगेको छ। प्रतियोगिताबाट दुई टिम विश्व छनोट पुग्ने प्रावधान छ। थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो। नेपालका लागि कविता कुँवरले सबैभन्दा बढी नटआउट १७ रन जोड्दा कविता जोशी र अप्सरी बेगमले १०-१० रन बनाए। नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

बलिङमा थाइल्यान्डकी ओनिचा र थिपच्चाले ३-३ विकेट लिए। त्यसअघि टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेटको क्षतिमा १०५ रन जोड्यो। उसका लागि नन्नापतले नटआउट ५९ रन जोडिन्। उनले ६३ बल खेल्दा ४ चौका प्रहार गरेकी थिइन्। बलिङमा नेपालकी कविता कुँवर र पूजा महतोले एक एक विकेट लिए। 

Skip This
Skip This
Logo