मेस्सीको निर्णायक फ्रिकिक गोलमा अर्जेन्टिनाकाे लगातार ११औं जित

मेस्सीको निर्णायक फ्रिकिक गोलमा अर्जेन्टिनाकाे लगातार ११औं जित

केन्द्रबिन्दु
0
Shares

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोलले हराएको छ ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले ७८औं मिनेटमा डी बक्सभन्दा ठीक बाहिरबाट फ्रिकिक गोल गरेका थिए । मेस्सीको सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गरेको गोल संख्या १ सय ४ पुगेको छ । अर्जेन्टिनाले पछिल्ला लगातार ११ खेल जितेको छ भने पछिल्ला ४८ खेलमा केवल एउटा मात्र हार व्यहोरेको छ ।

Logo