हाथवे इन्भेष्टमेन्टको आईपीओमा पर्‍यो १ करोड १७ लाख ७४ हजार कित्ताको लागि आवेदन

हाथवे इन्भेष्टमेन्टको आईपीओमा पर्‍यो १ करोड १७ लाख ७४ हजार कित्ताको लागि आवेदन

केन्द्रबिन्दु
0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओमा ५८ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

सीडीएसका अनुसार यसमा आज (भदौ २२ गते) बिहान सम्ममा ४ लाख ७७ हजार ९२९ जना आवेदकले १ करोड १७ लाख ७४ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ४.८५ गुणा बढी आवेदन हो। यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ। 

कम्पनीले बिहीबार (भदौ २१ गते) देखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०प्रतिशत  अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। 

जसमध्ये २ प्रतिशत  अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ। 

बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। इक्रा नेपालले २०७९ चैत २४ गते यो रेटिङ दिएको हो। यो रेटिङ २०८० चैत २३ गतेसम्म बाहल रहनेछ।

Logo