स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त

स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त

केन्द्रबिन्दु
0
Shares

स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

Skip This
Skip This
Logo