कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का नेता हिक्मत कार्कीले शपथ लिएका छन्। आजै मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका हुन् । 

पहिलो दिन नै तीनजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । एमाले सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बनेका छन्। एकराज कार्की भौतिक पूर्वाधार र पाँचकर्ण राई वन तथा वातारण मन्त्री बनेका छन्। एमालेकी सचेतक सिर्जना राई समाजिक विकास राज्यमन्त्री बनाउने निर्णय भएको एमाले कोसी प्रदेश संसदीय दलले जनाएको छ ।

सर्वोच्च अदालतले बिहीबार उद्धव थापा नेतृत्वको सरकारलाई बर्खास्त गरी कार्कीलाई संविधानको धारा १६८ को उपचार ३ बमोजिम ठूलो संसदीय दलको नेताको हैसियतमा ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । 

Logo