काठमाडौँ विजनेश क्याम्पसको ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रम सुरु

काठमाडौँ विजनेश क्याम्पसको ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रम सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रम सुरु भएको छ। 

आइटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौँ बिजनेश क्याम्पस केबिसीले आइटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्दे आइरहेकाे छ।  

आज सिम्फोजियममा आईटी सेक्टरका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुती तथा अन्तर्क्रिया कार्यक्रम हुने जनाइएकाे छ। पछिल्लो समयमा चर्चित आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सेक्युरिटिज विषयमा बृहत छलफल हुने गरि सिम्फोजियम आयोजना गरिएकाे हो।

सिम्फोजियम मार्फत विद्यार्थीले आफूलाई कुन विषयमा जाँदा सक्षम र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने बारेमा बुझ्ने क्याम्पसले विश्वास लिएको छ। अहिले सञ्चालन भइरहेको कार्यक्रममा विज्ञहरुसँग हाल बजार व्यवस्थापन कतातिर जाँदैछ, के हुँदैछ भन्ने विषयमा बृहत छलफल हुनेछ। 

साथै कार्यक्रममा‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटीः अवसर र चुनौतीहरु’ विषयमा कि–नोट स्पीकरका रुपमा माइक्रोसफ्टका समिर थापाको प्रस्तुती समेत रहने छ। थापाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का बारेमा पनि विशेष सामाग्री प्रस्तुत गर्नेछन्। यस्तै साइबर सेक्युरिटिजको विषयमा विज्ञ डा.डिल्ली शर्माको प्रस्तुती रहेनेछ।

Logo