विश्वकप छनोटमा ब्राजिलसँग बोलिभिया पराजित

विश्वकप छनोटमा ब्राजिलसँग बोलिभिया पराजित

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुआत गरेको छ।  दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई पराजित गरेको हो।

ब्राजिलले बोभियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो। ब्राजिलको जितमा रोड्रिगो र नेयमारले समान २/२, राफिन्हाले १ गोल गरे।राड्रिगोले २४ औँ र ५३ औँ तथा नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समयमा गोल गरे। राफिन्हाले ४७ औँ मिनेटमा गोल गरे।

बोलिभियाका लागि भिक्टोरले ७८ औँ मिनेटमा सान्त्वना गोल फर्काए। पहिलो खेल खेलिरहेको ब्राजिल ३ अंकका साथ शीर्ष स्थानमा छ।शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ।

Skip This
Skip This
Logo