मणीपुरमा फेरी फैलियो हिंसा, २ जनाको मृत्यु,

मणीपुरमा फेरी फैलियो हिंसा, २ जनाको मृत्यु,

केन्द्रबिन्दु
0
Shares

मणिपुरमा केही महिनादेखि कुकी र मेइती समुदायबीच तनावको वातावरण रहेको छ। 

यस उत्तर पूर्वी राज्यको तेङ्गनौपाल जिल्लाको पल्लेल क्षेत्रमा बिहानै सुरक्षा बल र सशस्त्र व्यक्तिहरूबीच दुई ठाउँमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ भने सेनाका मेजरसहित करिब ५० जना घाइते भएका छन्।

अधिकारीका अनुसार दुई अज्ञात समूहबीच बिहान ६ बजेबाट सुरु भएको गोली हानाहान निरन्तर जारी रह्यो। यस आक्रमणमा एक जनाको मृत्यु भएको छ। जबकी अर्का एक घाइतेलाई गम्भीर अवस्थामा इम्फालको रिम्समा भर्ना गरिएको छ।

गोलाबारीको खबर फैलिएसँगै थौबल र काक्चिङका विभिन्न ठाउँका मानिसहरू पल्लेलमा पुगे पनि तनावपूर्ण वातावरण देखेर उनीहरूलाई असम राइफल्सका अधिकारीहरूले रोकेका थिए।

दुई अज्ञात समूहको गोली हानाहानमा ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भीडलाई रोक्ने प्रयासमा असम राइफल्सले अश्रु ग्यास प्रहार गरेपछि सेनाका मेजरसहित ५० जना घाइते भएका थिए।

Skip This
Skip This
Logo