इन्टरनेटमा डिलिट अप्सन हुन्न, अनावश्यक कुराहरू कहिल्यै पोस्ट नगर्नू -श्रीप्रसाद खनाल, डेटा एक्सपर्ट

इन्टरनेटमा डिलिट अप्सन हुन्न, अनावश्यक कुराहरू कहिल्यै पोस्ट नगर्नू -श्रीप्रसाद खनाल, डेटा एक्सपर्ट

केन्द्रबिन्दु
0
Shares

अनावश्यक कुराहरू सामाजिक सञ्जालमा कहिल्यै पोस्ट र डिलिट नगर्न डेटा एक्सपर्ट श्रीप्रसाद खनालले सुझाएका छन् । उनले इन्टरनेटमा डिलिट भन्ने अप्सन नै नहुने भएकोले यस्ता कुराहरू पोस्ट गर्नुअघि धेरै कुराहरू विचार गरेर सार्वजनिक गर्न सुझाएका हुन् । 

काठमाडौंको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्ड्स २०२३’ सिम्फोजियम कार्यक्रमको टेबल डिस्कसनमा डेटा साइन्सको विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हटमेल र जिमेल जस्ता ठूला कम्पनीहरुले हाम्रो डेटाहरु विभिन्न कम्पनीहरुलाई बेच्ने गरेको बताए । उनले प्रयोगकर्ताहरूले डिलिट गरेको कुराहरू डेटा स्टोरेजमै जम्मा हुने भएकाले ती कुराहरू इन्टरनेटबाट कहिल्यै नहराउने पनि बताए । 

उनले ती कम्पनीहरूले प्रतिस्पर्धात्मक बजारमा टिक्नका लागि प्रयोगकर्ताहरूको डेटा बेच्ने गरेको बताए । उनले एप स्टोरमा उपलब्ध विभिन्न एपहरु डाउनलोड गर्दा टर्म एण्ड कण्डिसन राम्रोसँगले पढेर र बुझेर मात्रै प्रयाेग गर्न सुझाए । 

आईटी बेस एजुकेसनका लागि लोकप्रिय केबिसीले आईटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ । यहि क्रममा आज शनिबार क्याम्पसकै परिसरमा आयोजना भै रहेको सिम्फोजियममा आईटी सेक्टरका इनोभेटिभ ट्रेण्ड्सका बारेमा विज्ञहरुको प्रस्तुती तथा अन्तर्क्रिया भइरहेको छ ।

Logo