सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित थप ३ जना पक्राउ

सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित थप ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

गत महिना हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा थप तीन जना पक्राउ परेका छन्। 

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको हाे । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्धय कमल परियार र वीरेन्द्र नेपाली रहेकाे प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी  दिए । 

सो सुन तस्करी प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लैजान लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो । योसँगै ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

Logo