सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अवरुद्ध भएको छ।
सुदुरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो। जसअनुसार तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध हुन पुगेपछि सो सडक खण्ड हुँदै सञ्चालन भइरहेका सवारी साधान आवतजावत रोकिन पुगेका छन्। साे सडक खण्ड पार गरेर जाने सवारी साधन अलपत्र परेका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवामा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध हुन पुगेको जनाएकाे छ। शनिबार रातिदेखिको भारी वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ भने आइतबार बिहान पनि थप वर्षा भएपछि बन्द भएको राजमार्ग सुचारु गर्न अझै सकिएको छैन।
सो सडक खण्डमा राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरूसमेत बगाएर सडकमा ल्याएको छ। वर्षा नरोकिएको र पहिरो जाने क्रम अझै जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत गर्न नसकिएको डडेल्धुरा प्रहरीले जनाएको छ।





























प्रतिक्रिया