हिमालय एयरलाइन्सद्वारा आजबाट चीनको छिङ्दाओ शहरमा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा आजबाट चीनको छिङ्दाओ शहरमा उडान सुरु

केन्द्रबिन्दु
0
Shares

हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा सिधा उडान सुरु गरेको छ। 

आइतबार काठमाडौँको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत् एयरलाइन्सका उपाध्यक्ष विजय शर्माले आजबाट हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा उडान सुरु गरेको जानकारी दिए। 

कार्यक्रममा संस्कृति पर्यटन नागरिक उड्ययनमन्त्री सुदन किरातीले आर्थिक र प्राकृतिक रुपले धनि शहर छिङ्दाओमा पहिलो पटक उडान सुरु हुनु खुसीको विषय रहेको भन्दै बढी भन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन उडानले सहयोग पुग्ने विश्वास व्यक्ति गरे। 

किरातीले भने,‘खासगरी चिनियाँ ग्रामिण समाजको संस्कृति र नेपाली संस्कृति धेरै मिल्दोजुल्दो छ भनेर त्यहाँका अध्याताहरुले दाबी गर्ने गर्छन्। वास्तवमा चिनियाँ नागरिकहरुलाई पाहुँनाको रुपमा नेपालमा धेरै भित्र्याउन सके उनीहरुलाई हाम्रो ग्रामिण जिवन र ग्रामिण संस्कृतिको जरासम्म पुर्याउन सके हाम्रो नेपालको पर्यटन क्षेत्रमा एउटा नयाँ गन्तव्य बन्न सक्ने विस्वास छ। यो उडानले धेरै भन्दा धेरै चिनियाँ पाहुनाहरु यहाँ आउनुहुने छ।’ 

साथै उनले एयरलान्स क्षेत्रको विकास गर्दै काठमाडौँ-पोखरा,पोखराबाट चाइनाको विभिन्न शहर र पोखराबाट काठमाडौँ हुँदै चाइना जानेसम्मको उडान गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। 

Skip This
Skip This
Logo