काठमाडौं ।
अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिन अघि नेपालको तराईका जिल्लामा देखा परेको सलह मङ्गलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ ।
गत शनिबार रुपन्देही, सिन्धुली, चितवन लगायत जिल्लामा देखा परेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । “काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन” डा बूढाथोकीले भने।
नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।





























प्रतिक्रिया