‘आत्मनिर्भर अर्थतन्त्र निर्माणकाे आधार शहकारी क्षेत्र नै हाे’ -अध्यक्ष ओली

‘आत्मनिर्भर अर्थतन्त्र निर्माणकाे आधार शहकारी क्षेत्र नै हाे’ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बलियो अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

काठमाडौंमा आयोजित सहकारीकर्मीहरुसँग केपी ओली विषयक अन्तर्क्रियामा अध्यक्ष ओलीले गरिबी उन्मुलन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका हुन् । 

उनले भने, ‘राष्ट्रिय पुँजी निमार्ण गर्ने आधार साना साना उत्पादन पनि हो, जुन स्थानीय तहबाट भएको कृषि, उद्योग जे भएपनि आफैले सञ्चालन गर्न सक्ने खालका हुन्छन् । तर अलि ठूलो मात्रामा सबै मिलेर धेरै मात्रामा लान सक्ने र राष्ट्रको अर्थतन्त्र निर्माण गर्न सक्ने शहकारीको माध्यमबाट नै हो ।’ 

अध्यक्ष ओलीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि शहकारी नै बलियो आधार भएको स्मरण गरे । ‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्छौ भन्दा यसका लागि सबैभन्दा उपयोगी शहकारी नै हो । जसको माध्यमबाट राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न सक्छौ । अर्थतन्त्रमा भक्तिमार्ग होईन् स्वास्थ्य मार्ग र फाइदा मार्ग हेर्नुपर्छ । हामी अनावश्यक रुपमा बाहिरको सामान उपभोग गर्छौ सकेसम्म आफ्नै सामान प्रयोग गर्ने गरौं ।’ उनले भने । 

स्वदेशी बस्तु उत्पादन र  निर्यातमा शहकारी क्षेत्रको अहंम् भूमिका हुने अध्यक्ष ओलीको भनाई छ । ‘कृषि व्यवसायलाई आत्मनिर्भर हुन सक्ने तहसम्म ल्याउने हो भने कपास, उन, कपडा बुन्ने, सबै हामीले बनाउन सक्यौँ भने विश्व अर्थतन्त्रमा आएको समस्याले केही फरक पर्दैन्, भोगमरी हुदैँन् कोही बेरोजगार हुदैँन् त्यस्तो कामहरु योजनाबद्ध तरिकाले सहकारी मार्फत लान सक्छौँ ।’ उनले भने । 

Logo