नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शोमा अरबानीया माइक्रो बसको अनावरण तथा बुकिङ खुल्ला गरी बिक्री वितरण शुभारम्भ गर्ने भएको छ ।
पर्यटन तथा होटल व्यवसायी, टुर्स एन्ड ट्राभल्स, ठुला कम्पनीहरू, कूटनीतिक निकायहरू,सरकारी तथा गैर सरकारी संस्थाहरूका लागी यो माइक्रोबस उपयुक्त हुने देखिन्छ । यो माइक्रोबस विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।
ड्युल एअर ब्याग युक्त यस गाडी मा एरोडाइनामीक क्रयास एन्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन ,स्टाइलीस डि आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल एसी सीस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग ,हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जिङ्ग पोर्टको व्यवस्था भएको, सेन्ट्रलडोर लकीङ्ग वीथ रिमोट किलेस इन्ट्री , हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, कोल्यापसीबल स्टेरिङ्ग कोलुम आदी जस्ता अत्याधुनिक विशेषताहरू यस बसमा रहेको छ ।
आकर्षक र सुविधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछि पुनः यात्राका लागि रोजाइमा पर्ने कम्पनीको भनाई रहेको छ । स्लाइडीङ्ग डोर सहितको तिन ढोका युक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् भने यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरू रहेको छ ।
सहज ईन्ट्री र एक्जिट, पर्याप्त बुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागी फ्रन्ट बम्पर डिजाइन , कुनै दुर्घटना भइहालेमा पनि हेड इन्जुरी कम होस भन्नका लागी त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरिएको छ । यस गाडीमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ ।
यस बसको सुरुवाती मूल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो मूल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शोमा बुकिङ गर्नेहरूको लागि आकर्षक छुट सुविधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानहरूमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन् ।































प्रतिक्रिया