ब्राजिलको जर्सीमा नेयमारको कीर्तिमान

ब्राजिलको जर्सीमा नेयमारको कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

नेयमार ब्राजिलको राष्ट्रिय फुटबल टिमको सर्वाधिक गोलकर्ता बनेका छन्। ब्राजिलका अन्तराष्ट्रिय स्टार नेयमारले फुटबल लिजेण्ड पेलेको कीर्तिमानी गोललाई समेत तोडेका छन्।

ब्राजिलले विश्वकपको छनोट खेलमा बोलिभियालाई ५-१ ले हराएको थियो। सो खेलमा नेयमारले दुई गोल गर्दै पेलेको कीर्तिमानी ७७ गोललाई तोडेका हुन्।  सुरुआतमा पेनाल्टी मिस गरेका उनले आफ्नो १ सय २५ औँ क्यापमा दुई गोल थपे।

नेयमार हाल साउदी क्लब अल हिलालमा छन्। उनी सन् २०१७ मा कीर्तिमानी २ सय मिलियन पाउण्डमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेका थिए। 

Logo