इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ।आईतबार राती साउथह्याप्टनमा सम्पन्न खेलमा घरेलु टोली ७९ रनले विजयी भएको हो। वर्षाका कारण खेल ३४ ओभरमा छोट्याईएको थियो।
जितसँगै घरेलु टोलीले चार खेलको ओडिआई सिरिज १-१ को बराबरीमा पुर्याएको छ। इंग्ल्यान्डले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड २६ दशमलब ५ ओभरमा १ सय ४७ रनमा अलआउट भयो। न्युजिल्यान्डका लागि ड्यारियल मिचेलले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले।
विल योंग ३९ बलमा ३३ तथा कप्तान टम लाथमले २२ बलमा १९ रन बनाउँदै आउट भए। इंग्ल्यान्डका रिस टोप्ली र डेविड विल्लीले समान ३/३ तथा मोईन अलीले २ विकेट लिए। गस एटिनसनले एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ३४ ओभरमा ७ विकेट गुमाउँदै २ सय २६ रन बनायो। इंग्ल्यान्डका लियम लिभिङस्टोनले ७८ बलमा ९ चौका र १ छक्कासहित अविजित ९५ रनमा बनाए।
साम करनले ३५ बलमा १ चौका र २ छक्कासहित ४२ रन बनाए। कप्तान जस बटलर २५ बलमा ३० रन बनाउँदै आउट भए। दुईबीचको तेस्रो ओडिआई खेल बुधबार हुनेछ।































प्रतिक्रिया