भ्रष्टाचारविरुद्ध लागेको छु, सरकार कति टिक्छ भन्नेमा चिन्ता छैनः प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारविरुद्ध लागेको छु, सरकार कति टिक्छ भन्नेमा चिन्ता छैनः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् । 

सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् ‍। 

भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा सरकार लागेको बताउँदै उनले तर, केही तत्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठेको बताए । ‘भ्रष्टाचार र बेथितिमाथि प्रहार नगरी समाजवादको स्थापना हुन सक्दैन । नक्कली शरणार्थी र ललिता निवासका विषय त्यस्तै हुन । सुन काण्ड पनि त्यस्तै हो । एकदेखि अर्को बेथितिमाथि सरकारले प्रहार गरिरहेको छ । कुशासनका पक्षधर आतंकित भएका छन् । यो सरकार जति दिन टिकोस्, तर यस्ता अभियान रोकिँदैन ।’ उनले भने । 

 

Logo