सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शोका लागि विशेष छुट

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शोका लागि विशेष छुट

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दसैँ-तिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। 

यो योजना अन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र १ लाख रुपैयाँसम्मको  एक्सचेन्ज बोनस पाउन सक्नेछन्। 

कम्पनीले नाडा अटो शो लक्षित गरी प्रदर्शनी अवधिभरि खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने भएको छ। यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूममा लागू हुनेछ। 

सुजुकीका विभिन्न मोडेलका कार अनुसार फरक-फरक हिसाबका छुट लागू हुनेछन्। नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभीहरु जिम्नी, फ्रोन्क्सका साथै सुजुकीका अरु एसयूभी ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ। 

Skip This
Skip This
Logo