नेम्वाङलाई सम्झँदै भक्कानिइन् शिवमाया तुम्बाहाम्फे, बाेल्न सकिनन्, कसले के भने ? [भिडियाे]

नेम्वाङलाई सम्झँदै भक्कानिइन् शिवमाया तुम्बाहाम्फे, बाेल्न सकिनन्, कसले के भने ? [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ। सबै राजनीतिक दलका नेताहरु मर्माहत भएका छन् । 

मंगलबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि उपस्थित रहेका एमालेका नेता शेरबहादुर तामाङले सिंगो राष्ट्रले एक अपूरणीय क्षति व्यहोरेको बताएका छन् । नेम्वाङ मुलुकको एकसाझा व्यक्ति रहेको स्मरण गर्दै उनले भने, ‘राजनीतिक दलहरुमा तिक्तता बढ्दा उहाँ अगुवाई भूमिका रहन्थ्यो । अहिले पनि दलहरुबीच असमझदारी बढ्दो छ, अब उहाँको आवश्यकता खड्किने छ ।’ 

त्यस्तै, आमजनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु शाहले नेम्वाङलाई एकताको प्रतिकको संज्ञा दिँदै यसको क्षतिपूर्ति हुन नसक्ने बताएका छन् । उनले भने, ‘सुवास नेम्वाङ नेपाली जनताको एकताको प्रतिक हुनुहुन्थ्यो । उहाँ सम्मानित व्यक्ति हुनुहुन्थ्यो । उहाँको पहलकदमीले संविधानसभा कुशल ढंगले आफ्नो निचोडमा पुगेको कुरा सम्झन चाहन्छु । उहाँ विविधताको एकताको प्रतिक पनि हुनुहुन्थ्यो ।’

सो क्रममा एमाले नेतृ विन्दा पाण्डेले भने नेम्वाङको संयमतापूर्वक विवेकका आधारमा काम गर्ने शैलीलाई अहिलेको पुस्ताले अंगाल्नुपर्ने बताएकी छन् । कुनै पनि पदमा रहँदा शालिनतापूर्वक सभ्य भाषामा आफ्ना कुराहरु सशक्त राख्न सकिन्छ भन्ने कुराको उदाहरण नेम्वाङ रहेको उनको भनाई थियाे । 

सो क्रममा पूर्वउपसभामुख एवं एमाले नेतृ शिवमाया तुम्बाहाम्फे बोल्न सकिनन् । पछि कुरा गरौंला भन्दै उनी भक्कानिइन् । 

Logo