नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेपालको राजनीतिमा संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अभाव सदैव खड्किरहने बताएका छन् ।
मंगलबार संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्तिम श्रद्धाञ्जलीका लागि टिचिङबाट च्यासल लैजाने क्रममा सञ्चारकर्मीसंग छोटो प्रतिक्रिया दिदैँ उनले सिंगो देशले एउटा अभिभावक गुमाएको बताए । उनले भने, ‘सिंगो देशले एउटा अभिभावक गुमाएको छ । नेपालको राजनीतिमा उहाँको अभाव खड्किरहन्छ । उहाँ सबैलाई मिलाउन सक्ने क्षमता योग्यता र सामर्थ भएको व्यक्ति हुनुहुन्थो । उहाँको निधनले देशलाई ठुलो क्षति पुगेको छ । ’
सोमबार बालुवाटारस्थित निवासमै हृदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।































प्रतिक्रिया