- तिलु शर्मा पौडेल
दोहा कतार ।
खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ९८२ पुगेसँगै मङ्गलवारसम्म कूल सङ्क्रमितको सङ्ख्या ९६ हजार ०८८ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ३९४ जना निको भएर घर फर्किएका र अहिलेसम्म ८१ हजार ५६४ निको भएका छन् । मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ११३ पुगेको छ । विश्वकै वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य रहेको कतारमा कूल तीन लाख ५६ हजार ८३२ व्यक्तिको सङ्क्रमण परीक्षण गरिएको छ ।
गल्फ अपडेट (समाचार तयार पार्दा सम्म)
साउदी अरबमा कुल सङ्क्रमित १ लाख ९० हजार ८२३ रहेका छन् भने १ लाख ३० हजार ७६६ जनाले स्वास्थ्य लाभ गरी सकेका छन् । हालसम्म १ हजार ६४९ जनाको भाइरसका कारण मृत्यु भएको छ । ५८ हजार ४०८ जनाको उपचार चलिरहेको छ ।
बहराइनमा कुल सङ्क्रमित २६ हजार २३९ रहेका छन् भने २० हजार ९२८जनाले स्वास्थ्य लाभ गरी सकेका छन् । ८४ जनाको भाइरसका कारण मृत्यु भएको छ ।
ओमनमा हाल सम्म ३८ हजार १५० जना सङ्क्रमित रहेका छन् भने २१ हजार २०० जनाले स्वास्थ्य लाभ गरी सकेका छन् । हाल सम्म १६३ जनाको भाइरसका कारण मृत्यु भएको छ । कुवेतमा हाल सम्म ४५ हजार ५२४ जनामा कोरोना भाइरस देखिएको छ । ३६ हजार ३१३ जनाले स्वास्थ्य लाभ गरी सकेका छन् । मृतकको सङ्ख्या ३५० पुगेको छ । ८ हजार ८६१ जनाको उपचार चलिरहेको छ ।
दुबईमा कुल ४८ हजार ६६७ जनामा कोरोना सङ्क्रमण फेला परेको छ भने ३७ हजार ५६६ जनाले स्वास्थ्य लाभ गरेका छन् । मृतकको सङ्ख्या ३१५ पुगेको छ ।































प्रतिक्रिया