नेम्वाङको निधनमा आज सार्वजनिक बिदा

नेम्वाङको निधनमा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

सरकारले आज सार्वजनिक बिदा दिएको छ। सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक बिदा दिएको हो। 

आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिँदैछ। गत मंगलबार हृदयघातबाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएकाे हाे। दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाइएको छ।  

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्वजनिक बिदा दिईएको हो।

Logo