एनआरएनए सचिवमा अमेरिकाबाट राम सी पोखरेलको उम्मेदवारी

एनआरएनए सचिवमा अमेरिकाबाट राम सी पोखरेलको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिवमा अमेरिकाबाट राम सी पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। 

आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेको पोखरेलले बताएका हुन्। पोखरेल अहिले संघको अमेरिकाज क्षेत्रीय संयोजक रहेका छन्। 

पोखरेल सन २००८ देखि एनआरएनए अभियानमा निरन्तर सक्रिय रहेका अभियन्ता हुन्। सन २०१५-१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष भएर काम गरेका थिए। सन २०१७-१९ कार्यकालमा उनी अध्यक्षको प्रत्यासी थिए। सन २०१९-२१ कार्यकालमा उनी अमेरिका क्षेत्रीय उपसंयोजक भएर काम गरे। 

संघलाई नजिकबाट बुझेका पोखरेल इमान्दार र अनुभवी अभियन्ताका रुपमा परिचित छन्। हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने इच्छा पोखरेलको रहेको छ। संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको उनको भनाई छ। 

नेपाली समाज टेक्ससको अध्यक्षलगाएत विभिन्न संघ संस्थामा जिम्मेवारी पद लिएर काम गरेको अनुभव पोखरेलसँग रहेको छ। पोखरेल नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास एभरेष्ट लायन्स क्लबका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन्।

अर्घाखाँची जिल्लामा जन्मिएका पोखरेल २६ वर्षअघि अमेरिका पुगेका थिए। परिवारसहित टेक्ससमा बस्दै आएका उनी सफल व्यवसायी र समाजसेवी पनि हुन्। पोखरेलले पेट्रोल पम्प, रियल स्टेट, तथा कानुन व्यवसायमा बर्षौदेखी ब्यावसाय गरिरहेका छन्।

पोखरेलले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफुलाई समर्थन र सहयोग गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई अनुरोध गरेका छन्।

Skip This
Skip This
Logo