ढाकाकुमार श्रेष्ठले लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्योः रास्वपा

ढाकाकुमार श्रेष्ठले लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्योः रास्वपा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरुमाथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य प्रमाणित भए कारवाही हुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शोक प्रस्तावपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक परियारले उक्त विषयमा श्रेष्ठमाथि गम्भीर रुपमा अनुसन्धान गरिरहेको बताएका हुन् । ‘यो विषयमा हामी अनुसन्धान गरिरहेका छौं । पार्टीका नेताहरुमाथि लगाएको आरोपबारे पार्टीले गम्भीर रुपमा लिएको छ’ उनले भने, ‘अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आए पनि अनुसन्धान रोकिने छैन ।’

रास्वपाबाट निष्कासित डा. श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको बताएका थिए ।

Logo