नेता यादवमाथि भएको खुकुरी आक्रमणप्रति सरकार गम्भीर छः प्रधानमन्त्री प्रचण्ड

नेता यादवमाथि भएको खुकुरी आक्रमणप्रति सरकार गम्भीर छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकलाई आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी दिन उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले पूर्वमन्त्रीमाथिको आक्रमणबारे सरकार गम्भीर भएको बताएका हुन् । आक्रमणकारीलाई प्रचलन कानून बमोजिम कारबाही गर्ने भन्दै यसप्रकारका घटना दोहोरिन नदिन र शान्ति व्यवस्था मिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको उनले बताए । 

उनले भने, ‘नेपाली काङ्ग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढेको जानकारी गराउन चहान्छु । यसप्रकारका घटना दोहोरिन नदिन र शान्ति व्यवस्था मिलाउँन सरकार दृढ र प्रतिबद्ध रहेको जानकारी गराउँछु ।’ 

यस्तै, प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको विषयलाई उठाउँदै सहमति अनुसार उच्च स्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी पनि गराए । ‘अवैध सुन तस्करीको सम्बन्धमा सिआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाई सकेको छ । यसअघि भएको सहमति अनुसार उच्च स्तरीय छानविन आयोग बनाउँने प्रक्रिया अगाडि बढेको जानकारी गराउँन चहान्छु ।’ उनले भने । 

Logo