काठमाडाैंको सिनामंगलअवस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजले यही असोज २ गते मंगलबार ‘ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८०’ आयोजना गर्ने भएको छ ।
विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याएका मुर्धन्य व्यक्तिको अभिनन्दन कार्यक्रमसँगै अन्य सांगीतिक कार्यक्रम समेटिएको उक्त कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ । अभिनन्दन कार्यक्रमसँगै कक्षा १२ को परिक्षा दिएर उत्तीर्ण भएका विधार्थीलाई बिदाई तथा कक्षा ११ मा भर्ना भएका नयाँ विधार्थीहरुलाई स्वागत कार्यक्रमको पनि आयोजना गरिएको छ।
मुर्धन्य व्यक्तिको अभिनन्दन कार्यक्रमसँगै अन्य सांगीतिक कार्यक्रम समेटिएको उक्त कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ ।
स्थापनाकालदेखि नै विज्ञान ब्यवस्थापन, मानविकी र कानुन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइराखेको यस कलेजले विभिन्न किसिमका अतिरिक्त कार्यक्रम गर्दै आएको छ।
संघीय संसदका सदस्य तथा युवा पुस्तामाझ परिचित युवा नेता गगन थापाको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूको अभिनन्दन गरिने छ, जसअन्तर्गत पत्रकारिता, आर्थिक तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरू अभिनन्दित हुनेछन् भने कक्षा ११ र १२ मा पढ्दै गरेका बिधार्थीहरूको सांगीतिक प्रस्तुति पनि रहने छ।





























प्रतिक्रिया