काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२३ मा पोलारिस ब्राण्डका उत्पादनहरु प्रदर्शनीमा राखिएको छन्।
नेपालका लागि आधिकारीक वितरक न्यु नेपालले पोलारिसको स्पोर्टस म्यान र रेन्जर एक्सपी दुईवटा उत्पादन शोमा राखेको हो। स्पोर्टस म्यान र रेन्जर एक्सपीले अवलोकनकर्ता तथा उपभोक्ताहरुको ध्यान खिच्न सफल भएको छ।
कम्पनीले ट्रयाक्टरमा दर्ता गरेर भित्र्याएको स्पोर्टस म्यान र रेन्जर एक्सपी चार पांग्रे झट्ट हेर्दा दुई पांङग्रे जस्तो देखिन्छ,जसले गर्दा यसमा अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति देखिन्छ।
स्पोर्टस म्यान र रेन्जर एक्सपलाई तराई क्षेत्रमा कृषि पेशा र पहाडी क्षेत्रमा साहसिक यात्रा लगायतको लागि निकै रुचाइन्छ। पोलारिसको स्पोर्टस म्यानको मुल्य १९ लाख ९९ हजार रुपैयाँ र रेन्जर एक्सपीको मूल्य २४ लाख ७५ हजार रुपैयाँ रहेको छ। यी दुवै सवारीको क्षमता ५ सय ७० सिसिको छ।





























प्रतिक्रिया