ह्वात्तै बढ्यो टियागो ईभी बुकिङ गर्नेको संख्या

ह्वात्तै बढ्यो टियागो ईभी बुकिङ गर्नेको संख्या

केन्द्रबिन्दु
0
Shares

टाटाको बहुप्रतिक्षित गाडी टाटा टियागो ईभीको बुकिङ गर्नेको संख्या ह्वात्तै बढेको छ । 

जारी नाडा अटो शो–२०२३ मा चर्चा कमाइरहेको टाटा टियागो ईभीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ५ हजार रुपैयाँ मात्रै लिएर वुकिङ खुलाएपछि बुकिङ गर्नेको संख्या बढेको हो । यस कारलाई हालसम्म ४ सय हाराहारी ग्राहकले बुक गरिसकेको छन् ।

शुरुवाती मुल्य २२ लाख रुपैयाँ निर्धारण भएर बिक्री शुरु भएको यो ह्याचव्याक कार सस्तो मूल्यका कारण चर्चित छ । कम्पनीले गाडी हात पार्न भेरिएन्ट हेरेर कम्तीमा ४ महिनासम्म कुर्नुपर्ने र टेष्ट ड्राइभपश्चात चित्त नवुझे बुकिङ रद्ध गर्न मिल्ने विकल्प दिएको छ । थोरै रकम तिरेर बुकिङ गर्न मिल्ने र चित्त नबुझे रद्ध गर्नसमेत मिल्ने विकल्प पाएपछि टियागो बुक गर्नेको संख्या बढेको हो । 

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँचवटा मुख्य विशेषताहरु रहेका छन। जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता रहेका छन्। क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषताहरु रहेका छन्। यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ। यस टियागो ईभी सिमित अवधिका लागि शुरुवाती मूल्य रु. २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ । 

Logo