नेम्वाङ निवास पुगेर सभामुखद्वारा समवेदना प्रकट

नेम्वाङ निवास पुगेर सभामुखद्वारा समवेदना प्रकट

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन् । 

घिमिरेले शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन् ।

सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गरेका थिए ।  

संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो ।

सभामुखले नेम्वाङको तस्बिरमा माल्यार्पण गरेपछि त्यहाँ राखिएको शोक पुस्तिकामा, ‘आदरणीय नेता, हामी सबैको प्रेरणा र आदर्श व्यक्तित्व, मेरो लामो समयदेखिको सहयात्री, इलामको उज्ज्वल तारा तपाईंको अधुरो योजनामा सबैले हिँडेर साकार गर्ने प्रेरणा प्राप्त होस् भन्दै तपाईंप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’ लेखेका छन् । 

Logo