अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेका गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई झोला वितरण गरिएको छ। पहिलो पाइला नेपालले भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना विद्यार्थीलाइ झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले बताए।
'भाग्य बोक्ने झोला कार्यक्रम'अन्तर्गत विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक समाराेहकाबीच जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाकाे उपस्थितिमा शैक्षिक सामग्री र सरसफाइ सामग्री प्रदान गरिएकाे हो।
कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला,एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन,पानी खाने बोतल, ब्रस,मन्जन, नेलकटर र रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले जानकारी दिए।
शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि विद्यार्थीहरु खुसी भएका थिए। आफूहरुले प्राप्त गरेको सामग्रीले अध्ययन तथा सरसफाइमा ठूलो सहयोग पुग्ने विद्यार्थीहरुले बताएका छन्।































प्रतिक्रिया