पशुपति क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध

पशुपति क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ। असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्वमा गौशाला मित्र पार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम,उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्र पार्क,उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ।

यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन,बेचबिखन,ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

Skip This
Skip This
Logo