अभिनेत्री रेखा थापा रातो सारीमा

अभिनेत्री रेखा थापा रातो सारीमा

केन्द्रबिन्दु
0
Shares

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘उपहार’को छायाङ्कन स्थलमा अभिनेत्री रेखा थापा रातो सारीमा देखिएकी छिन्।

आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका अभिनेत्री थापा छायाङ्कनका लागि रातो सारीमा देखिएकी हुन्। हिन्दु नारीले तीज महादेवको पूजा आराधना गरी मनाउँदै छन्। 

चलचित्रमा अभिनेत्री बेनिशा हमाल मूख्य भूमिकामा देखिँदै छिन् भने रेखा थापा र पूजा शर्मासँग एकसाथ काम गर्नेछन्। चलचित्रमा मुकुन भुषालको पनि मुख्य भूमिका रहनेछ। र, यो चलचित्रबाट मिस्टर नेपाल २०२३ का विजेता समर्पणङ्ग कार्कीले डेब्यू गर्दैछन्।

विष्णु कल्पितको छायाङ्कन रहने चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ। काठमाडौँ आसपासमा छायाङ्कन हुने चलचित्रमा पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन्।

Skip This
Skip This
Logo