१९ औँ एसियाड पुरुष भलिबलमा नेपालले आज बहराइनसँग खेल्दै

१९ औँ एसियाड पुरुष भलिबलमा नेपालले आज बहराइनसँग खेल्दै

केन्द्रबिन्दु
18
Shares

आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ। १९औँ एसियन गेम्स (एसिडाड) अन्तर्गतभलिबल, फुटबल र क्रिकेट खेल आजदेखि सुरु हुँदैछ।

पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दैछ भने,समूहको दोस्रो तथा अन्तिम खेल नेपालले सेप्टेम्बर २० मा एसियन पावर हाउस इरानसँग खेल्नेछ।

मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा  र नयाँ खेलाडीहरु धेरै छन् भने,मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका प्रशिक्षक हान अबिङ रहेका छन्।

समूह बी मा शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ। यदी समूह चरणबाट बाहिरिएमा भने नेपाली टोलीले अन्य खेल खेल्न पाउने छैन। पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ।

Skip This
Skip This
Logo