शेखर समूहले बोलाएको बैठकमा महामन्त्री शर्मा सहभागी नहुने

शेखर समूहले बोलाएको बैठकमा महामन्त्री शर्मा सहभागी नहुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा सहभागी नहुने भएका छन् । 

कांग्रेसका नेता शेखर कोइरालाले आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । तर, उक्त गुटको बैठकमा महामन्त्री शर्मा सहभागी नहुने भएका हुन् । 

पार्टीको १४औँ महाधिवेशनमा प्रकाशमान सिंहको ‘प्यानल’बाट महामन्त्रीमा निर्वाचित भएका शर्मालाई कोइरालाको सचिवालयले पहिलोपटक समूहको बैठकमा आमन्त्रण गरेको थियो । तर, उनी नजाने भएका हुन् । 

Logo