भाषणमा दुःख व्यक्त गरेर मात्र प्रतिभा पलायन रोक्न सकिँदैन -शिक्षामन्त्री राई

भाषणमा दुःख व्यक्त गरेर मात्र प्रतिभा पलायन रोक्न सकिँदैन -शिक्षामन्त्री राई

केन्द्रबिन्दु
0
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले भाषणमा दुःख व्यक्त गरेर मात्र प्रतिभा पलायन रोक्न नसकिने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोहको कार्यक्रममा उनले युवालाई राज्यले यथोचित सम्मान पनि दिन नसक्ने, यथोचित वातावरण पनि दिन नसक्ने अनि पलायन रोकौं मात्र भनेर नहुने तर्क गरेका हुन् । 

उनले भने, ‘हामी प्रतिभाहरू पलायन भए भन्छौं । हामीले उनीहरूलाई यथोचित सम्मान दिन नसक्नें, यथोचित वातावरण पनि दिन नसक्ने हो भने स्वभाविक रूपमा ‘ब्रेन ड्रेन’ भइहाल्छ । खाली भाषणमा दुःख व्यक्त गरेर मात्र रोकिँदैन ।’
 
प्रतिभालाई स्वदेशमै राख्न सबै सरोकारवाला अग्रसर हुनुपर्नेमा जोड दिँदै मन्त्री राईले शिक्षा क्षेत्रमा आएका सकारात्मक प्रगतिलाई अझै बढाएर लानुपर्ने बताए ।

Logo