निजी क्याम्पसतर्फ काठमाडौं मोडल कलेज (केएमसी) बन्यो उत्कृष्ट क्याम्पस

निजी क्याम्पसतर्फ काठमाडौं मोडल कलेज (केएमसी) बन्यो उत्कृष्ट क्याम्पस

केन्द्रबिन्दु
57
Shares

काठमाडौंको वागबजारमा रहेको काठमाडौं मोडल कलेज (केएमसी) निजी (संस्थागत) क्याम्पसतर्फ उत्कृष्ट क्याम्पस बन्न सफल भएको छ । 

राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहमा उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा निजीतर्फ काठमाडौँ मोडेल कलेज पुरस्कृत भएको हो । पुरस्कृत भएसँगै केएमसीले दुई लाख ५० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । 

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केएमसीका प्रिन्सिपल सुरेन्द्र सुवेदीलाई सर्वोत्कृष्ट क्याम्पसको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

विद्यार्थीलाई नतिजामुखी एवं जिवनउपयोगी शिक्षा प्रदान गर्दै केएमसीले सुरुवातदेखि नै उत्कृष्ट शिक्षण संस्थाका रुपमा आफूलाई स्थापित गराउँदै आएको छ ।  

प्रत्येक वर्ष राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा शतप्रतिशत नतिजा दिन सफल यो कलेज आई.एस.ओ ९००१ः२०१५ मान्यता प्राप्त शैक्षिक संस्था पनि हो । विद्यालय तह हुँदै उच्च माध्यमिक, स्नातक तथा स्नात्तोकत्तर तहसम्मको अध्ययन गराउँदै आएको यो कलेज उच्च शिक्षाका लागि एकेडेमिक हबका रुपमा रहेको छ । 

विश्वविद्यालय अनुदान आयोगले वि.सं. २०७९ चैत्र १४ गते काठमाडौं मोडेल कलेजलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणित गरेको छ । यो प्रमाणीकरणसँगै केएमसीका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययन गर्न तथा छात्रवृत्तिका लागि विशेष अवसर प्राप्त गर्न सक्नेछन् । 

विद्यार्थीलाई नतिजामुखी एवं जिवनउपयोगी शिक्षा प्रदान गर्दै केएमसीले सुरुवातदेखि नै देशकै उत्कृष्ट शिक्षण संस्थाका रुपमा आफूलाई स्थापित गराउँदै आएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा हाल स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयहरूको पठनपाठन हुने गर्दछ । स्नातकोत्तर तहमा एमए अङ्ग्रेजी र एमबीएस व्यवस्थापनका विषयहरू सञ्चालित छन् । स्नातक तहतर्फ भने व्यवस्थापन सङ्कायअन्तर्गत बीबीए, बीबीएम र बीबीएस्का कक्षाहरूमा अध्यापन हुने गर्दछ । साथै मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत बीए मनोविज्ञान, बीए सामाजिक कार्य, बीए अङ्ग्रेजी विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । 

उच्च मावितर्फ यो कलेजमा भर्ना हुने विद्यार्थीले एसईईमा कम्तीमा २.०५ जीपीए प्राप्त गरेको हुनुपर्छ । एसईई उत्तिर्ण गरी उच्च अंक ल्याउने जेहेनदार विद्यार्थी एवम् आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्तिको समेत यो कलेजले व्यवस्था गरेको छ । विद्यार्थीको सिकाईको दायरालाई फराकिलो बनाउन ध्यान दिँदै कलेजले क्रेडिट कोर्ष तथा अतिरिक्त क्रियाकलापमा खेलकुद, शैक्षिक भ्रमण, क्वीज,विषयगत क्लबलगायत विद्यार्थीको प्रतिभा प्रष्फुटित गर्न हौसला प्रदान गर्दै आएको छ । 

आइटीतर्फ बीसीए कम्प्युटर एप्लिकेशन विषयको समेत पढाइ हुने यस केएमसी कलेज धेरै विद्यार्थीहरूको पहिलो रोजाइमा पर्नुको कारणबारे कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदी भन्छन्- "शैक्षिक नीति तथा योजनाको प्रभावकारी कार्यान्वयन, पाठ्यक्रम सम्बद्ध तथा अन्य विशेष अतिरिक्त क्रियाकलापहरूको सञ्चालन, गुणस्तरीय शिक्षण–सिकाइ क्रियाकलाप, नवीनतम शैक्षिक अभ्यासका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य, निरन्तर सुधारात्मक मूल्याङ्कनको प्रयोगात्मक अभ्यास, प्राध्यापक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिमा जोड, विषय विज्ञ एवं अनुभवी प्राध्यापकहरूबाट गुणात्मक सिकाइ क्रियाकलाप हुँदा सबैको पहिलो रोजाइमा परेको हो ।"

एसईई उत्तिर्ण गरी उच्च अंक ल्याउने जेहेनदार विद्यार्थी एवम् आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्तिको समेत यो कलेजले व्यवस्था गरेको छ ।

साथै अनुसन्धान कार्यलाई प्राथमिकतामा राखी अनुसन्धान एकाइ गठन तथा सञ्चालन, अनुसन्धान प्रवद्र्धनका लागि विशेष शोधवृत्तिको व्यवस्था, सामुदायिक रूपान्तरणका लागि निरन्तर सामाजिक कार्यमा संलग्न, पर्याप्त पूर्वाधार र सिकाइ स्रोतहरूको उपलब्धता, विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष जोड, विद्यार्थीको क्षमता अभिवृद्धि तथा रोजगारीको प्रवद्र्धन, सञ्चार तथा प्रविधिको समुचित प्रयोग, सम्बद्ध निकायप्रति पूर्ण जवाफदेहिता, सुविधा सम्पन्न भौतिक पूर्वाधार, बौद्धिक तथा शारीरिक विकासका लागि रचनात्मक प्रतियोगिताहरू सञ्चालन, आफ्नै इनोभेसन सेन्टर, कर्पोरेट बैंकिङलगायतका विभिन्न संस्थासँगको सहकार्य, इन्क्युवेशन ल्याब, करियर प्लेसमेन्ट सेन्टर आदिको सञ्चालन लगायतका विशेषताहरू कलेजमा रहेका छन् । 

साथै उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा पुरस्कृत हुने आङ्गिक क्याम्पसमध्ये ललितपुरको पुल्चोक क्याम्पस र विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमध्ये रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पसले पनि प्रतिसंस्था रु दुई लाख ५० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

नेपालकै उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु

Logo