गरिमा विकास बैंकका सिईओ गोविन्दप्रसाद ढकाल “ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८०” बाट अभिनन्दित

गरिमा विकास बैंकका सिईओ गोविन्दप्रसाद ढकाल “ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८०” बाट अभिनन्दित

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजको “ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८०” बाट गरिमा विकास बैंकका प्रमुख कार्यकारी निर्देशक गोविन्दप्रसाद ढकाल सम्मानित भएका छन् । 

मंगलबार राष्ट्रिय नाचघर जमलमा कलेजले आयोजना गरेकाे कार्यक्रममा डेभलपमेन्ट बैँकर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका ढकाललाई “ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८०” बाट अभिनन्दन गरेको हो । 

कार्यक्रममा बोल्दै सिईओ ढकालले आफूलाई योग्य ठानेर सम्मान दिएकोमा ब्रिजवाटर इन्टरनेशनल कलेज परिवारलाई आभार व्यक्त गरे । साथै जुनसुकै क्षेत्र रोजे पनि निरन्तरता, परिश्रम, प्रतिबद्धता र धैर्यताले मान्छेलाई सफल बनाउने उनले बताए । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै उनले भने, “पत्रकारिता, बैकिङ लगायत जुनसुकै क्षेत्रमापनि चुनौती छन्, चुनौतीसँगै अवसरपनि निरन्तरको मिहिनेत र प्रतिबद्धताले हामीलाई सफल बनाउँछ । देशलाई सबै क्षेत्रको उत्तिकै आवश्यकता छ, कुनैपनि क्षेत्र सानो/ठूलो हुँदैन ।” 

जुनसुकै क्षेत्र रोजे पनि निरन्तरता, परिश्रम, प्रतिबद्धता र धैर्यताले मान्छेलाई सफल बनाउने उनले बताए ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष एवं गरिमा विकास बैंकका सिईओ ढकाल विगत २८ वर्षदेखि बैकिङ क्षेत्रमा आवद्ध छन् । पन्ध्र वर्षदेखि गरिमा बिकासको अध्यक्षको रुपमा रहेका ढकालले डेभलपमेण्ट बैंकर्स एशोसिएसनको दुई कार्यभार समेत सम्हालिसकेका छन् । ढकालले यस अगाडि पनि उत्कृष्ट सिइओ लगायत अन्य उपाधि पाइसकेका छन् । 

Logo