रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ।
सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन्। यसैगरी दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्।
आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन्। सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन्। यसैगरी दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्।
आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन। यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्त सम्म लागू हुने छ।
२ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पुर्याउँदै आइरहेको छ ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए।
साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन्।
आइएमई लिमिटेडका बारेमा
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिवद्ध यस कम्पनीले सेवा शुभारम्भको २३औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पुर्याउँदै आइरहेको छ ।
आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन।
साथै परम्परागत रेमिटेन्स सेवा डिजिटलाइजेसनमा प्रवेश गरिरहेको अवस्थालाई आत्मसाथ गर्दै आइएमईले विगत ५ वर्ष देखि आफ्नो डिजिटल कारोबारलाई नेपाल राष्ट्र बैङ्क मार्फत नेपालको पहिलो भुक्तानी सेवा प्रदायकको रूपमा लाइसेन्स प्राप्त गरि आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत ’आइएमई पे’ मोबाइल वालेट मार्फतबाट डिजिटल रेमिटेन्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ।





























प्रतिक्रिया