चौधरी ग्रुपअन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेडसँगै पुनः सुरु भएको छ ।
कम्पनीले बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा रहेको शोरुम पुनः सञ्चालन गरिएको जानकारी दिएको हो । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल.जी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु एलजी टिभी, वासिङ मेसिन, रेफ्रिजरेटर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत उपलब्ध छन्।
कम्पनीले रिओपनिङ्ग तथा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष छुट अफर पनि ल्याएको छ ।
कम्पनीले रिओपनिङ्ग तथा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष छुट अफर पनि ल्याएको छ । अफरहरुमा फ्री-गिफ्ट, शुन्य प्रतिशत किस्तावन्दी र जुनसुकै ब्राण्डका सामग्रीहरुको पनि एक्सचेन्ज अफर रहेका छन् । साथै प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रीमेन्टेन्स सर्भिस (पीएमस) को पनि व्यवस्था गरिएको छ । कम्पनीले नयाँ र अत्याधुनिक उत्पादनहरु ३ महिनाभित्र देशभर पुर्याउने लगायतका सुविधाहरु थप गर्ने बताएको छ ।
यो शोरुम सन् २००५ मा स्थापना भएको एलजी ब्राण्डको पहिलो शोरुम हो ।































प्रतिक्रिया