संविधान कार्यान्वयन गर्ने कानून निर्माणमै मुख्य चुनौति छः ईश्वर पोखरेल

संविधान कार्यान्वयन गर्ने कानून निर्माणमै मुख्य चुनौति छः ईश्वर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, संविधानको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक कानून निर्माण गर्न नसक्नु नै मुख्य चुनौति भएको बताएका छन्। 

संविधान दिवसको उपलक्ष्यमा जनकपुरधाम स्थित जानकी मन्दिर अगाडि रहेको बागवानीमा राष्ट्रिय झण्डाको अनावरण गर्न जनकपुर पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले कानून निर्माणमै चुनौति देखिएको बताएका हुन्। उनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधान अनुसार आवश्यक नयाँ कानून निर्माण गर्न नसक्नु नै चुनौति भएको उल्लेख गर्दै कानूनर संरचना निर्माण गर्नुपर्नेमा जोड दिए।  

‘सबैभन्दा चुनौतिको कुरा के हो भने संविधान त जारी गर्यौँ,त्यसलाई कार्यान्वयन गर्नको लागि हामीसंग पहिलो कुरा कानूनको आवश्यकता पर्छ। नयाँ संविधान अनुरुप कानून बनाउन पर्यो। त्यो बनाएर मात्रै होइन संरचनाहरु बनाउन पर्यो। धेरै समय हाम्रो यसबीचमा बितेको छ। कतिपय कानूनहरु अझै बनाउन बाँकी छ र संरचनाहरु पनि बनाउनपर्छ। तब मात्रै हामीले संविधान प्रभावकारी बनाउने कानून बनाउन सक्छौँ।’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाली जनताले बनाएको संविधान उत्कृष्ट रहेको धारणा राखे । उनले सबैले संविधानप्रति गर्व गर्नुपर्ने बताए। उनले भने,‘कुनै बाह्य शक्तिले लादेर ल्याएको संविधान होइन। जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो। त्यसैले सबैले गर्व गर्नुपर्छ।’

उनले आवश्यक परेमा प्रक्रिया पुरा गरी संविधान संशोधन गर्न सकिने भन्दै आजको दिन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता सबैले व्यक्त गर्नुपर्ने उनको धारणा छ। 

Logo