पाँचौ सहजीकरण उडानमा २६३ नागरिक कतारबाट नेपाल आए

पाँचौ सहजीकरण उडानमा २६३ नागरिक कतारबाट नेपाल आए

केन्द्रबिन्दु
0
Shares

  • तिल शर्मा पौडेल
    दोहा कतार ।

विश्वभर कहर फैलाएको कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका नागरिकहरूलाई नेपाल प्रवेशमा सघाउने नेपाल सरकारको नीति बमोजिम राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले कतारबाट पाँचौ सहजीकरण उडान गरेको छ । गए राति कतारबाट २२ महिला २४१ पुरुषसहित २६३ जनाले उडान भरेका छन् । लकडाउनको समय यता दोहामा व्वाईटबडीले यो पहिलो उडान गरेको हो ।

उक्त फ्लाइटमा विभिन्न समयमा कतारमा विविध कारणले ज्यान गुमाएका दश जनाको शव समेत पठाइएको जानकारी नियोगका द्वित्तिय सचिव तथा श्रम सहचारी भुवनप्रसाद भट्टले जानकारी गराएका छन् । एयरपोर्टमा यात्रीहरूलाई बिदाइ गर्न भट्टका अलावा राजदूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराई एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए।

हालसम्म कतारबाट कुल १ हजार ०३१ यात्रुहरूले उडान भरेका छन् भने ३१ वटा शव नेपाल पठाईएको पुष्टि भट्टराईले गरेका छन् । जसमा कतार एयरवेजले आफ्ना कर्मचारी १४७, एयरवेजकै उद्धार फ्लाइटमार्फत ४३ जना आममाफी पाएका र २० शव रहेका थिए । पहिलो चार्टर उडानमार्फत १४९, दोस्रोमा १४५ , तेस्रोमा १५६ र चौथोमा १४८ जना र एक शव नेपाल पुगी सकेका छन् । नेपाल एयरलाईन्सले आज राती दोहाबाट पुनः अर्को उडान भर्नेछ ।

Logo