अन्तर्राष्ट्रिय हवाई उडान बन्द र लकडाउन साउन ७ सम्म कायम रहने

अन्तर्राष्ट्रिय हवाई उडान बन्द र लकडाउन साउन ७ सम्म कायम रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
गत चैत ११ गतेदेखि जारी लकडाउनलाई सरकारले साउन ७ गतेसम्म कायम गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै भएकै जस्तो गरि निरन्तरता दिने र अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

असार १ गतेदेखि लकडाउन खुकुलो बनाइएको छ भने बजारहरु पनि खुलेका छन् । तर सार्वजनिक सवारी साधन चलेका छैनन् । यस्तै काठमाडौं उपत्यकामा निजी सवारी पनि जोर विजोर प्रणाली अनुसार संचालन हुँदै आएका छन् ।

Logo